नियम ७
इजाजतपत्रको नवीकरण सम्बन्धी व्यवस्था
(१) नियम ६ को उपनियम (१) बमोजिम प्रदान गरिएको इजाजतपत्र प्रत्येक आर्थिक वर्षको अन्त्यमा समाप्त हुनेछ ।
(२) उपनियम (१) बमोजिम इजाजतपत्रको अवधि समाप्त भएका प्रत्येक निर्माण व्यवसायीले इजाजतपत्रको अवधि समाप्त भएको मितिले तीन महिनाभित्र अनुसूची–२ बमोजिमको नवीकरण दस्तुर संलग्न गरी अनुसूची–५ बमोजिमको ढा“चामा इजाजतपत्रको नवीकरणको लागि अध्यक्ष समक्ष दरखास्त दिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम इजाजतपत्रको नवीकरणको लागि दरखास्त परेपछि अध्यक्षले सो दरखास्त उपर आवश्यक जाँचबुझ गरी इजाजतपत्र नवीकरण गरिदिनु पर्नेछ ।
(४) उपनियम (२) बमोजिमको म्यादभित्र इजाजतपत्र नवीकरण गराउन नसक्ने निर्माण व्यवसायीले त्यस्तो म्याद नाघेको छ महिना भित्र सो इजाजतपत्र नवीकरण गराउन चाहेमा अनुसूची–२ बमोजिमको थप दस्तुर संलग्न गरी अध्यक्ष समक्ष दरखास्त दिनु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम दरखास्त परेपछि अध्यक्षले त्यस्तो इजाजतपत्र उपर आवश्यक जाँचबुझ गरी इजाजतपत्र नवीकरण गरिदिनु पर्नेछ ।
(६) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नियम २० बमोजिम “घ” वर्गको निर्माण व्यवसायीलाई इजाजतपत्र प्रदान गर्ने अधिकार जिल्ला विकास समितिलाई प्रत्यायोजन गरिएको अवस्थामा यस नियम बमोजिम सो वर्गको इजाजतपत्रको नवीकरण जिल्ला विकास समितिले गर्नेछ ।